कात्तिक २६,
काठमटडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीय बालिका बलत्कृत भएकी छिन् । बलत्कार गरेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको प्रहरीको टोलिले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको जनाएको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भन्ने जानकारी पाउँनसाथ टोलीले पक्राउ गरेर अनुसन्धान सुरुगरेको बताए ।
पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।
बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरेको तामाङमाथि आरोप छ । पीडितले बुधबार राईविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । थप अनुसन्धान जारी छ ।
फेसबुक प्रतिक्रियाहरु