कात्तिक २६, बिमल प्रसाद पाेख्रेल,
प्युठान । नेपाल तरुणदल जिल्ला कार्यसमिति प्युठानकाे बृस्तृत बैठक बुधबार बिजुवारमा सम्पन भएकाे छ। नेपाली कांग्रेस भित्र रहेकाे गुटउपगुट रहित तरुणदल जिल्ला कार्यसमिति प्युठानले जिल्लाका ९ चटै स्थानिय तहमा समिति जागरुक तथा पुनगठन गर्ने भएकाे छ।
पार्टीभित्र देखिएकाे गुट उपगुटलाई चिरफार गर्दै नेपाली काङ्ग्रेस प्युठानलाई मजबुत र शक्तिशाली बनाउन दरुणदल एक जुट भएर लाग्नु पर्ने अहिलेकाे अबस्था भएकाे जिल्ला अध्यक्ष सनत श्रेष्ठले जानकारी दिए । बैठकमा दरुणदल प्युठानका पूर्व अध्यक्ष तथा स्वर्गद्वारी गाैमुखी यातयात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले तरुणदल प्युठान कुनै नेता र गुटकाे चाकडी नगरी अगाडि बढ्न र गुट-उपगुटकाे राजनैतिक गरी प्युठान काङ्ग्रेसलाई थेतिलाे गराउन खाेज्ने कुनै पनि नेताकाे सपाेर्ट नगरी मजबुत र शक्तिशाली तरुणदल भएर लाग्नुपर्ने बताए ।
बैठकमा नेपाली काङ्ग्रेस प्युठानका उपसभापति बद्रि लम्साल तरुण विभाग प्रमुख तथा जिल्ला संवमनय समितिका सदस्य माधब भण्डारीको पनि सहभागिता रहेको थियो । उपाध्यक्षमा मनाेनित दिपक केशिले पार्टीभित्रकाे तिक्तता र कुनै नेताकाे पिछलग्गु नभई दरुणल शक्तिशाली बनाई कसैसंग नझुक्ने बताए ।
त्यस्तै अर्का उपाध्यक्ष कृष्ण बस्यालले बर्तमान सरकारले शक्ति र सत्ताकाे आडमा गरेका अनैतिक क्रियाकलापकाे भन्डाफोर गर्ने बताए । उनले ज्यानकाे कुनै प्रवाह नगरी दरुण दललाई चलाएमान बनाउन लाग्ने बताउए । बैठकले आजै निम थापामगरलाई नेपालतरुणदल जिल्ला कार्यसमितिकाे सदस्यमा मनाेनित गरेकाे छ।
फेसबुक प्रतिक्रियाहरु