बुधबार, अशोज २, २०८१
  • होमपेज
  • राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नहरु बढे : ५ जनाले गरे १ लाख ३८ हजार ७५० सहयोग
समाचार

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नहरु बढे : ५ जनाले गरे १ लाख ३८ हजार ७५० सहयोग

कात्तिक २४,

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई पछिल्लो समय सहयोग गर्नहरुको संख्या भढेको छ ।

केन्द्रलाई ५ जना दाताहरुले एक मुष्टमा १ लाख ३८ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेका छन् ।

विभिन्न दाताहरुले कोरोना बिरुद्ध लड्न भनेर आविष्कार केन्द्रलाई दान गर्ने क्रम बढेको आविष्कार केन्द्रका प्रमुख माहाविर पुनले बताएका छन् । उनले आइतबार मात्रै ५ जना सहयोगी दाताहरुको नाम सार्वजनिक गर्दै अन्य दाताहरुको नाम पनि केही दिनमा सार्वजनिक गर्ने बताएका छन् ।

आइतबार सार्वजनिक गरिएको काठमानण्डौंका निराजन कुमार महर्जनले जन्म दिनको उपलक्ष्यमा ३ हजार ६ सय ५० रुपैंया सहयोग गरेका छन् ।  त्यस्तै गरी सिफल नव युबा क्लब, काठमाडौंले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

त्यस्तै काठमाडौँ स्थित BIDH ल्याब्ले राष्ट्रिय आविष्कार केन्द्रलाई ३ हजार रुपैंया दान गरेको उनले जनाकारी दिएका छन् । त्यस्तै तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं ८ हवेलिडाँडा स्थित श्री शिव सरस्वती माविले पनि आविष्कार केन्द्रलाई ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै धादिङको गजुरी गाउँपालिका वडा नं २ घर भएका कमल कडेलले पनि आविष्कार केन्द्र लाई २ हजार २० रुपैंया सहयोग गरेको संचालक पुनले जानकारी दिए । पुनले आर्थि सहयोग गर्ने सबैलाई धन्वाद् दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु