बुधबार, अशोज २, २०८१
  • होमपेज
  • विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषन गर्ने लामा पक्राउ
समाचार

विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा १० वर्षसम्म यौन शोषन गर्ने लामा पक्राउ

कात्तिक २३,

काठमाडौं । विदेशमा आकर्षक रोजगारी दिलाई दिने वहानामा महिलालाई बेचबिखन गरेको अभियोगमा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने काठमाडौं महानगरपालिका-७ घर भएका ५५ वर्षीय गौतम लामा रहेका छन् ।

उनलाई  गत बुधबार प्रहरीले पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ । विदेशमा आकर्षक रोजगारी लगाईदिने वहानामा १० वर्षसम्म यौन शोषण गरेका थिए । उनले ती महिलालाई विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्‍याई बेचबिखन गरी फरार रहेका अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप थप गरी अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु