कात्तिक २१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतका बिचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताएका छन् ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसंगको शिष्टाचार भेटवार्तामा ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सेनाध्यक्ष नरवाणेसंग ओलीले दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउदै नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान गर्नु पर्ने बताए ।
उनले दुईदेशबिच संवाद गरी हलगर्दा समस्या हल हुने विश्वास ब्यक्त गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शिष्टाचार भेटवार्ता गर्नु भयो । भेटका क्रममा प्रधानमन्त्रीज्यूले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र
— Rajan Bhattarai (@rajancbhl) November 6, 2020
फेसबुक प्रतिक्रियाहरु