कात्तिक १९,
पूर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ ।
बुधबार बिहान ६ : २५ मिनेटको समयमा उनकी श्रीमती सीता महराको निधन भएको हो । उनलाई माइस्थानिय रोगबाट ग्रसित थिइन् ।
त्यस्तै उनलाई कोरोना भाइसर संक्रमण पुष्टि भएको थियो । उनको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । उनलाई भेनटिलेटरमा राखेर उपचार भैरहेको थियो ।
सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन्। उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्।
उनको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलगाएत विभिन्न मन्त्रीहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) November 4, 2020
दुखद खबर ! हार्दिक श्रद्धान्जली !!
पूर्वसभामुख आदरणीय दाई माननीय कृष्णबहादुर महराको जीवनसंगीनी सीता महराको असामयिक, अकल्पनीय निधन भएकोमा दु:ख ब्यक्त गर्दछु । भाउजु सीतप्रति हार्दिक श्रद्धाञ्जली तथा दाई कृष्णबहादुर महरा लगायत शोकाकूल परिवारजनमा गहिरो समवेदना!— Yogesh Bhattarai (@yogesbhattarai) November 4, 2020
फेसबुक प्रतिक्रियाहरु