सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • आज नवरात्रिको छैटौँ दिन कात्यायनी माताको पूजा
जुनेली बिशेष

आज नवरात्रिको छैटौँ दिन कात्यायनी माताको पूजा

कात्तिक ०६,

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको छैटौ दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ।

आजको दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नाश हुने धार्मिक विश्वास छ। ​ देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको जनविश्वास छ।

शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ।​ घटस्थापनादेखि नवमीका दिनसम्म हरेक दिन दुर्गा भवानीका ९ रुपको पूजा गर्ने प्रचलन छ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु