शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • हाम्रो बजेट विकासभन्दा बजेटमुखी भयो : मुख्यमन्त्री पाैडेल
राजनीति

हाम्रो बजेट विकासभन्दा बजेटमुखी भयो : मुख्यमन्त्री पाैडेल

असोज २३,

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताएका छन्। प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र विमोचन गर्दै उनले नीतिअनुसार काम नभए उद्देश्य प्राप्ति नहुने बताए।

अहिले पनि तीनै तहले विकासमुखीभन्दा पनि वितरणमुखी बजेट ल्याएकाले यसलाई सुधार्न जरुरी रहेको उनले बताए। ‘बजेटलाई अहिले पनि छर्ने परिपाटी रहेको छ, यो हामीले अन्त्य गर्नुपर्छ।’ समृद्धि हासिल गर्न उत्पादनमुखी काम गर्न जरुरी रहेको उनले बताए।

मुख्यमन्त्री पौडेलले मौलिक हकको अनुभूति हुनेगरी कार्यान्वयन गर्ने, दायित्व तीनै तहका सरकारको भएकाले देशका लागि स्थायित्व र दिगो रूपमा विकास लक्ष्यहरु हासिल गर्दै, समृद्ध नेपालःसुखी नेपालीको सपनालाई टेवा दिने महत्वपूर्ण रूपमा बागमती प्रदेश रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु