आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • गोकर्नेश्वोर न.पा.का बिधालय असोज १६ देखि खोल्न पाइने, तर यी नियम मान्नु पर्ने नत्र कारबाही
गोकर्नेश्वोर बिशेष

गोकर्नेश्वोर न.पा.का बिधालय असोज १६ देखि खोल्न पाइने, तर यी नियम मान्नु पर्ने नत्र कारबाही

असोज ०९

काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाका सबै बिद्यालयहरु अशोज १५ गते देखि संचालन गर्न पाउने नगरपालिकाका मेयर सन्तोष चालिसेले घोषणा गर्नु भएको छ | आज नयाबस्तिमा बुद्ध आबशिया स्कुलमा भएको एक कार्यक्रममा बिद्यालयहरुले उचित साबधानी अपनाएर, श्रावन महिना देखि शुल्क लिने गरि बिद्यालय खोल्न पाउने घोषणा गरेका हुन्  |  स्कुलहरुको सवारी साधन चालौना नपाइने अभिभाबक आफैले आफ्नी बच्चाहरुको सुरक्षा गर्नु पर्ने छ | साथै  खाजाको लागि स्कुलले क्यान्टिनमा खुवाउन नपाइने घरबाट आफै लिएर आउने पर्ने समेत चालिसेले घोषणा गर्नु भएको हो |  यदि नगरपालिकाको निर्णय नमानी जताभाबी गरे असैया हुने र कारबाही गर्ने समेत बताउनु भएको थियो

कोरोना भाइरसको कारण लामो समय सम्म स्कुलहरु बन्द भएका कारण  बिधार्थी र शिक्षक दुबैलाई असर परेको हुदा स्ठानिया सरकारले  सो निर्णय गरेको हो |

सामुदायक बिधालयहरुका शिक्षकहरुले पनि घरमै बसेर तलब खान नपाउने अब बिधालय गरेर पढाउनु पर्ने कुरा समेत बताएका हुन् |

गोकर्नेश्वोर नगरपालिका शिक्षा शाखाद्वारा आयोजना गरिएको कबिता, कथा, गजल जस्ता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यतिहरुलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो |

फेसबुक प्रतिक्रियाहरु