शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोनाका कारण विश्वमा ७ हजार स्वास्थ्यकर्मीको मृत्यु
समाचार

कोरोनाका कारण विश्वमा ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

कोरोना

भदौ १९,
काठमाण्डौ । एमनेस्टी इन्टरनेशनलले कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म सात हजार स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ । सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको ज्यान गएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यस्तै बेलायतमा ६ सय ४९ र ब्राजिलमा ६ सय ३४ स्वास्थ्यकर्मीको ज्यान गएको एमनेस्टीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै भारत र दक्षिण अफ्रिकामा पनि स्वास्थ्यकर्मी जोखिममा परेका छन् ।

अहिलेसम्म भारतमा ५ सय ७३ र दक्षिण अफ्रिकामा २ सय ४० जनाको ज्यान गएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै ज्यान जानुले समस्या थप बढ्दै जाने देखिएको पनि एमनेस्टीले जनाएको छ ।file photo

फेसबुक प्रतिक्रियाहरु