शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछापमा कोरोना संक्रमितको संख्या ६७ जना : ५१ जनाको रिपोर्ट आउन बाँकि
रामेछाप बिशेष

रामेछापमा कोरोना संक्रमितको संख्या ६७ जना : ५१ जनाको रिपोर्ट आउन बाँकि

भदौ १२,

रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ६७ जना पुगेको छ । गत बिहिबार एक स्वास्थ्यकर्मी सहित  ६ जनामा कोरोना पुष्टि भएपछि कूल संक्रमितको संख्या ६७ जना पुगेको हो । त्यसमा जिल्ला अस्पताल रामेछापबाट पठाएको ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भने जिल्ला बाहिर रहेका रामेछाप स्थायी ठेगाना भएकाहरु देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

जिल्ला बाहिर रहेका ३० जना रामेछापेलीमा कोरोना  भएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । जसमा ७ जना महिला र २३ जना पुरुष छन् । त्यस्तै जिल्ला अस्पतालबाट पठाएको ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भने १ हजार ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ५१ जनाको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबारसम्ममा जिल्लामा कोरोना भाइरस संक्रमणलाई मध्ये नजर गरि जिल्लाका आठ वटै स्थानीय तहमा ४ सय ९० वेडको क्वारेन्टिन तयार पारिएको छ । क्वारेन्टिनमा १३ जना पुरुषहरु मात्रै बसेका छन् । त्यस्तै १ सय १४ वेडको आइसोलेसन कक्ष तयार पारिएको छ । आइसोलेसनमा ४ जना रहेको विज्ञप्तिमा उल्लेख छ । हालसम्मा १ हजार १ सय २५ जनाको स्वाब संकलन गरिएको छ । file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु