मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रामेछापमा १०९ जनाको रिपोर्ट आउन बाँकि,आठ वटै स्थानीय तहमा अत्यावश्क बहेकका सेवा ठप्प
रामेछाप बिशेष

रामेछापमा १०९ जनाको रिपोर्ट आउन बाँकि,आठ वटै स्थानीय तहमा अत्यावश्क बहेकका सेवा ठप्प

रामेछापमा कोरोनाको प्रभाव

भदौ १०,

रामेछाप । रामेछापमा (आज) बुधबारसम्ममा ९८३ जनाको पीसिआर रिपोर्ट नेगेटि आएको छ । भने १०९ जनाको रिपोर्ट आउन बाँकि रहेको जिल्ला अस्पताल रामेछापले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

हालसम्ममा जिल्लामा १ हजार १ सय २५ जनाको स्वाब संकलन गरिएको छ । आज बुधबारमात्रै ४८ जनाको स्वाब संकलन गरिएको छ । त्यस्तै ८ सय ९२ जनाको आरडिटी परीक्षणबाट कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुष रहेका छन् ।

जिल्ला अस्पताल रामेछापबाट कोरोनाको आशंकामा थप परीक्षणका लागि पठाएका स्वाब मध्येमा हालसम्ममा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमणलाई मध्ये नजरगरि हालसम्ममा जिल्लाका आठ वटै स्थानीय तहमा गरि ५ सय शय्याको क्वारेन्टिन तयार गरिएको छ । क्वारेन्टिनमा एक महिलासहित १५ जना रहेका छन् ।

त्यस्तै आइसोलेसन १ सय ४ वेडको तयार पारिएको छ । जिल्लामा २ जना आइसोलेसनमा बसेको विज्ञप्तिमा उल्लेख छ । एक जना मन्थलीमा होमआइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।

जिल्लमा गत साउन २९ गते मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखलाईनै कोरोना भाइरस संक्रमण पुष्टि भएपश्चात् जिल्लामा आगामी भदौ १३ गते राति १२ बजेसम्मको लागि निषधाज्ञा जारी गरिएको छ । निषधाज्ञा जिल्ला प्रशासन कार्यालयले जारी गरेको हो ।

जिल्लामा आठ वटै स्थानीय तहले अत्यावश्यक वाहेकका सेवा बन्द गरेका छन् । भने जिल्ला प्रहरी र ट्राफिक प्रहरीले अत्यावश्य बाहेक बन्दको अबज्ञा गर्नेलाई कारबाही सुरु गरेको छ । बन्दाबन्दीलाई थप कडाई गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु