शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाँकेमा निकुञ्जका प्रमुख र सहायक स्रोत नखुलेको रकमसहित अख्तियारको फन्दा
समाचार

बाँकेमा निकुञ्जका प्रमुख र सहायक स्रोत नखुलेको रकमसहित अख्तियारको फन्दा

पक्राउ

साउन १९,

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको ८ लाख ९८ हजारसहित रुपन्देहीको सैनामैना नगरपालिका वडा नं–१० बाट नियन्त्रणमा लिएको हो ।

कार्यालयको बा.२ झ.१८७३ नम्बरको गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायलाई स्रोत नखुलेको ३ तीन लाख ४८ हजार तथा बिभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजारसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।file Photo

फेसबुक प्रतिक्रियाहरु