मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दुग्ध उत्पादक किसानलाई अनुदान वितरण
समाचार

दुग्ध उत्पादक किसानलाई अनुदान वितरण

साउन १५,भगवती न्यौपाने कपिलवस्तु,
दुग्ध उत्पादक किसानहरुले प्रदेश नं ५ सरकारद्धारा अनुदान प्राप्त गरेका छन् । बाणगङगा दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसानहरुलाई १७ लाख बढी अनु्दान आएको मध्ये बुधबार ३ लाख बढी वितरण गरिएको हो । प्रदेश नं ५ को भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गत मत्स्य बिकास निर्देशनालय बुटवल रुपन्देहीले दुध बेच्ने किसानलाई अनुदान स्वरुप दिएको रकम आज एक कार्यक्रमको आयोजना गरी बितरण गरिएको सहकारीले जानकारी दिएको छ ।
सहकारी संस्थामा २०७५ साल साउन १ गतेदेखि २०७६ असार मसान्त सम्मको प्रति लि. रु २ का दरले ११ लाख १७ हजार ५ सय २६ रुपैयाँ र कोभिड विशेष ४० दिनको प्रति लि। औसतमा रु १० का दरले ६ लाख ८० हजार गरि जम्मा रु १७ लाख ९७ हजार ३ सय ८३ मध्ये बुधबार ३ लाख ८४ हजार ६ सय ३६ रुपैँया वडा नं ८ को मोर्मीमा बितरण गरिएको संस्थाका सल्लाहकार त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।

अनुदान वितरण कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुसालले कृषहरुको पीडा बुझी प्रदेश सरकारले प्रोत्साहन स्वरुप अनुदान दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । उहाँले कृषिप्रधान देश नेपालमा कृषकहरुको पीर मर्का सरकारले बुझ्दै गएमा राष्ट्र नै समृद्ध हुने बताउनुभएको थियो । अनुदान स्वरुप प्राप्त भएको रकम कृषि क्षेत्रमा नै लगानी गर्न वडाध्यक्ष भुसालले किसानहरुलाई आग्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष गुणनिधि भुसालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडा नं ८ का वडा सदस्य शिवप्रसाद पाण्डे, टोल विकास संस्थाका अध्यक्ष संक्रान्ती थारु, राष्ट्रिय दुग्ध विकास सहकारी संस्थाका सदस्य तथा संस्थाका व्यावस्थापक केशव कुँवर, सल्लाहकार त्रिलोचन न्यौपाने, समाजसेवि जानका चौधरी, दयाप्रसाद घिमिरे लगायत बुद्धिजिवि र किसान लगायतको सहभागिता रहेको थियो ।बरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद पौडेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव सुर्य प्रसाद भण्डारीले गर्नु भएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु