शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुस्मिताले न्याय पाइन् भने ३ करोड नेपाली जनताले नै न्याय पाएको अनुभूति
समाचार

सुस्मिताले न्याय पाइन् भने ३ करोड नेपाली जनताले नै न्याय पाएको अनुभूति

स्व. सुस्मिताको ४५ औं दिनको पुण्य तिथी

साउन १४,भगवती न्यौपाने

कपिलवस्तु । सुस्मिता केसि थापाको हत्या भएको आज ४५ दिन पुगेको छ । हेटौंडा घर र कपिलवस्तु माईती भएकी थापाको ४५औं दिनको पुण्य तिथिको अवसरमा सुस्मिताको माइतीले भरतपुर ११ चितवमा रहेको मञ्जु श्री असहाय संरक्षण केन्द्रमा रहेका बालबालिकालाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । यस्तै स्व।सुस्मिताका ठुलाबाबा, ठुलिआमा र आमा बाबाले केसिको ४५ औं तिथिको अवसरमा मञ्जु श्री असहाय संरक्षण केन्द्रलाई बालबालिकाको संरक्षणका लागि भन्दै ५० हजारको चेक समेत हस्तान्तरण गर्नु भएको छ ।

तिथिको अवसरमा प्रमुख अतिथि केसिका ठुला बाबा हेमबहादुर खडकाले न्याय दिलाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णमा धेरै धन्यवाद दिनुभयो । आज एउटा सुस्मिताले न्याय पाइन् भने ३ करोड नेपाली जनताले नै न्याय पाएको अनुभूति भएको बताउनु भयो । यो २१औं शताब्दीमा समेत समाजमा धेरै घटना बाहिर नआएको बताउदै घटना गुपचुप हुँदा न्याय प्रती विश्वास धेरै गुमेको गुनासो गर्नु भयो ।

स्वर्गिय सुस्मिताकी आमा गंगा केसि र बाबा कृष्ण वहादुर केसिले आफ्नी छोरि सुस्मिताको हत्या जुन कारणले भयो अब कुनै सुस्मिता छोरिको हत्या नहुनका लागि न्यायको ढोका ढग्ढगाउन सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो । उहाँहरुले एउटी छोरि सुस्मिता आज गुमाएको छु अब अरु सुस्मिता गुमाउन नपरोस भन्दै अझै हत्यामा संलग्न जोकोहिलाई कानुनि दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्नु भएको थियो ।

हत्यामा संलग्न ज्वाइँ अझै फरार रहेकोले छिटो भन्दा छिटो पक्राउ गर्न माइती पक्षले आग्रह गरेको छ । कार्यक्रममा मञ्जु श्रीका पुर्व अध्यक्ष देवु सुनार, संस्थापक अध्यक्ष मन्जु खाँड सेकेन्ड एट जि आर गोर्खा राईफल इन्द्र मान गुरुङ लगायतले बोल्नु भएको थियो । स्वर्गीय थापाका बाबा कृष्ण बहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन असहाय संरक्षण केन्द्रकी छोरि भावना मञ्जु श्रीले गर्नु भएको थियो । मञ्जु श्री असहाय संरक्षण केन्द्रमा २३ जना असहाय बालबालिको आमा अहिले ज्ञानु गुरुङ रहनु भएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु