शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो
समाचार

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काेराेना

साउन १३

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ । लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ । मृतकको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

बझाङका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएसंगै संक्रमितको संख्या ४९ पुगेको हो । कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ११ जनामा संक्रमण पुष्टि भएसंगै जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौं उपत्यकामा मात्रै ५३ जना थपिएका हुन् । हाल ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण भएको छ । देशभर हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार १ सय २९ जना आइसोलेसनमा छन् ।

https://www.facebook.com/mohpnep/videos/281407642949575

फेसबुक प्रतिक्रियाहरु