शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना (कोभिड १९) र श्रमिक दिवस -राजु सुनार
जुनेली बिशेष

कोरोना (कोभिड १९) र श्रमिक दिवस -राजु सुनार

आज मे १ तारिख बिश्वो मजदुर दिवस सम्पुर्णलाई सुभकामना

 जुनेली न्युज |
मे १ लाई अन्तरास्ट्रिय श्रमिक (मञ्जुर) दिवस मनाउंदै आयका छौं । यो वर्ष विगतका वर्षहरुझै रहेन विश्वभर फैलीयको CORONA माहामारीका कारण सायद इतिहासमै पहिलोपटक आज पुरा विश्व टक्क अडियको छ आजका दिनमा सवैभन्दा बढी CORONA र जीवनसँग कोही कठीन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो श्रमिक हो ।
विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्दको लड़ाईको सामना गरि रहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचीत सुरक्षा सुनिश्चतता र श्रमको उचित सम्मानजनक मुल्यांकन र यस महामारीलाई परास्त गर्ने उच्च मनोबलसहीतको प्रेरणा जोस र साहस प्राप्त होस । वौद्दिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस ।
नेपालमा पनि यसको प्रभाब परेर २०७६ चैत ११ गते देखि हालसम्म सरकारले लकडाउन गरि रहेको छ | लकडाउनमा कोहि पनि व्यक्ति  घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ | जसको कारण देश भरिका बिशेष गरि मजदुर बिपन्न वर्ग ज्यालादारी गरेर हातमुख जोड्ने बर्गलाई ठुलो समस्या परेको छ |
मजदुर र पिपन्न बर्गलाई ध्यानमा राखेर म आफैले नेतृत्व गरेको नेपाल दलित बिधार्थी संघकाे आयोजनामा मजदुरहरुको लागि निरन्तर राहात प्रदान गर्दै आइरहेको छु। उनिहरुको अहिले भइरहेको ताजा घाउको मलम बन्ने कोसिस गरीरहेको छु | सबैजनाले आ-आफ्नो ठाँउबाट मजदुरहरूको लागि यतिबेला सहयोग गर्नुहुन पनि अनुरोध गर्दछु।
आज मे १ तारिख बिश्वो मजदुर दिवस सम्पुर्णलाई फेरी पनि सुभकामना | यधपी मजदुरहरुलाई राहात वितरण गरेर त्यो बेला देखिनै मजदुर दिवसको रुपमा मनाएको ठान्दछु |
बिश्वोमा आधा भन्दा बढी जनसंख्या ज्याला मजदुरी गरेर जोबिकोपार्जन गर्ने बर्गहरु छन् | मेरो बिचारमा यस्था वर्गहरुलाई बिशेष प्राथामिकता दिनु  पर्छ |

फेसबुक प्रतिक्रियाहरु