चैत्र १९,
काठमाडौँ , बिश्वोभर कोरोना भाइरस फैलिए संगसंगै नेपालमा पनि यसले छोएको कारण हरेक वडा, नगर, प्रदेश र सिंगो देश नै यसको नियन्त्रणमा लागि परेको छ |
यसै क्रममा नेपालि काँग्रेस काठमाडौँ जिल्ला क्षेत्र नं ३, काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध इकाई र सोहि वडाको सहकार्यमा कोरोना भाईरस (कोभिड १९ ) संक्रमण हटाउन बौधनाथ मन्दिरमा किटनाशक औषधी छरिएको छ | बिश्वो सम्पदा सुचिमा सुचिकृत बौधनाथ मन्दिर परिसरमा कोरोना भाइरस मार्ने औषधि छरेर सुरक्षित पारिएको छ |
सरकारले लकडाउन गरे संगै बौधनाथ मन्दीर भित्र कोहि भक्तजनहरु पस्न दिएको छैन | र यो सरकारको अर्को सुचना नआउन्जेल सम्म लक डाउन मै रहने कुरा नेपालि काँग्रेस काठमाडौँ जिल्ला सदस्य देव बज्राचार्यले बताउनु भएको छ |
फेसबुक प्रतिक्रियाहरु