शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • गोनपामा जिल्ला स्तरिय सरोकार वालाहरूसँग समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

गोनपामा जिल्ला स्तरिय सरोकार वालाहरूसँग समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका तथा सुनिता फाउन्डेसनले जिल्ला स्तरिय सरोकार वालाहरूसँग समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकामा आयोजित एक समारोहका बीच बिहिबार नगरपालिकाले समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सोही समारोहमा बोल्नुहुदैँ कार्यवाहक प्रमुख एवं उपप्रमुख सान्नाली लामाले, यसलाई गहिरो रूपमा समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले अझै पनि हाम्रो समाजमा महिलाहरू खुलेर बोल्न सक्ने अवस्थामा नरहेको र आफ्नो कुरा अरूले बाहिर ल्याइदियोस् भन्ने भावना महिलाहरूमा अधिक रहेको बताउनुभयो ।

उहाँले, महिलालाई सक्षम बनाउन यस्ता कार्यक्रमहरू आवश्यक रहेको उहाँले बताउनुभयो । बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरूको नणयायका लागि आफुुहरू सधैं अग्र पंक्तिमा रहने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति सुनिता दनुवारले, “कार्यविधि र समिति सँगसँगै यो संयन्त्र भएकाले यस्को  काम कर्तव्य अधिकार क्षेत्र फरक रहेको बताउनुभयो ।” उहाँले, बेचबिखन भएका महिलाको स्थानमा बसेर हेर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । दनुवारले, मानिसलाई खुल्न धेरै समय लाग्ने भएकाले खुलेपछि आफ्ना समस्याहरू विस्तारै बताउने गरेको  दनुवारले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु