शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुन प्रकरण कारबाहीमा सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए
Breaking News

सुन प्रकरण कारबाहीमा सीआईबीका दुई डीएसपी हेडक्वार्टर तानिए

२ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का दुई जना डीएसपी जिम्मेवारीबाट हटाइएका छन् ।

सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको  हो ।

समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले बिहीबार बुझाएको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचार्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु