सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेविसंघ असन्तुष्ट पक्षको माग पुरा नगरेको भन्दै आत्मदाहको प्रयास
Breaking News

नेविसंघ असन्तुष्ट पक्षको माग पुरा नगरेको भन्दै आत्मदाहको प्रयास

जुनेली न्यूज, काठमाडौं।

नेपाल विद्यार्थी संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव ‌कृष्ण प्रसाद पौडेल द्वारा २०८० भदौ ३ गते भएको सहमति कार्यान्वयन गर्न हिचकिचाएकोमा असन्तुष्ट पक्षका नेता रामजी बस्नेतले नेपाली कांग्रेस केन्द्रीय कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका छन् । आज १२:३० मा मुख्य सचिवलाई जानकारी गराउँदै बाहिर आएर आत्मदाहको प्रयास गरेका थिए।

भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिएतापनि आज १:०० केन्द्रीय समितिको बैठक बोलाइएको थियो । उत्त आन्दोलनको गतिविधि निरन्तर रुपमा अगाडी बढाइने कुरा नेता प्रवेश ढुङ्गानाले जानकारी दिएका छन। करिब १५ जनाको समूह सहभागी भएका मध्ये एकले मात्र आत्मदाहको प्रयास गरेका थिए र अघिल्लो चरणमा अन्य साथीहरु पनि आत्मदाह गर्ने जानकारी दिएका छन।

आत्मदाह प्रयास गर्ने बस्नेतको उपचार वयोधा अस्पतालमा भएको छ ।

भिडियो हेर्न यो लिङ्कमा जानुहोला : https://fb.watch/qOTK3k-AQ-/?mibextid=Nif5oz

फेसबुक प्रतिक्रियाहरु