शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सेना र नगरपालिकाको सहकार्यमा विपद व्यबस्थापन तालिम सम्पन्न
गोकर्नेश्वोर बिशेष

सेना र नगरपालिकाको सहकार्यमा विपद व्यबस्थापन तालिम सम्पन्न

जुएँली न्युज, काठमाडौँ |

नेपाली सेना र गोकर्णेश्वर नगरपालिकाको संयुक्त सहकार्यमा सामुदायिक विपद् प्रतिकार्य कार्यक्रमको समापन भएको छ। आज  गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण फरेस्ट भित्र नेपाली सेना श्री राष्ट्रिय विपद व्यवस्थापन शिक्षालयमा सम्पन्न भएको हो | मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम ४ दिन सम्म ५० जना भन्दा बढीले विपद व्यबस्थापनको तालिम लिएका थिए |

May be an image of 11 people, tree and text

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ले स्थानिय समुदायमा विपद् सचेतना एवं खोज तथा उद्धार तालिम सम्बन्धि जिम्मेवारी सुरक्षा निकायलाई समेत प्रदान गरे अनुरुप श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा श्री गोकर्णेश्वर न.पा. संग समन्वय गरी- ४ (चार) दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मिति २०८०।०९।२४ गतेबाट मिति २०८०।१०।०३ गतेसम्म गोकर्णेश्वर न.पा. ९ मा संचालन गरिएको । श्री राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयद्वारा संचालित उक्त तालिममा स्थानीय निकाय, नगर प्रहरी, स्वयमसेवक तथा स्थानिय बासिन्दा गरि करिव ५० जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । उक्त तालिममा भूकम्पको दौरान तथा भूकम्प पश्चात अपनाइने सुरक्षित विधी, आगलागी नियन्त्रण तथा Fire Extinguisher को प्रयोग लगायत इनारमा (Bore Well) खसेका ब्यक्तिको सुरक्षित उद्धार सम्बन्धी कक्षा तथा अभ्यास गराइएको ।  आज मिति २०८०।१०।०३ गतेको १३०० बजे प्रमुख अथिती श्री गोकर्णेश्वर न.पा.का नगर प्रमुख श्री दिपक रिसाल, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयका शिक्षाधिकृत प्र.से. निरज प्रताप ज.व.रा., वडा नं. ९ का वडा अध्यक्ष एवं नगर विपद् संयोजक श्री राजिव थापा लगायतको उपस्थितीमा Fire Extinguisher को प्रयोग लगायत इनारमा (Bore Well) खसेका ब्यक्तिको सुरक्षित उद्धार, दमकल प्रदर्शन लगायतका डेमोन्ष्ट्रेशन प्रदर्शनी पश्चात प्रमुख अथिती श्री गोकर्णेश्वर न.पा.का नगर प्रमुख दिपक रिसालद्वारा तालिमको अन्तिम प्रवचन गर्नु भएको ।

May be an image of 6 people, jeep and text

May be an image of 6 people and text

May be an image of 7 people and text

May be an image of 10 people, tree and text

फेसबुक प्रतिक्रियाहरु