बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • भोलि शान्ति मार्ग महिला समूहले स्तन तथा पाठेघरको जाँच शिविर गर्दै
गोकर्नेश्वोर बिशेष

भोलि शान्ति मार्ग महिला समूहले स्तन तथा पाठेघरको जाँच शिविर गर्दै

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी शान्ति मार्ग टोलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको जांच गराउने भएको छ। शान्ति मार्ग महिला समूह र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा हुने कार्यक्रममा आम्दा हस्पिटलको टिमले सहयोग गर्ने छन्।

गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालले नगरपालिकाका सबै महिलाहरुले अनिवार्य स्तन र पाठेघरको मुखको जांच गरी क्यान्सर हुनबाट बाँच्न अभियान नै चलाएका छन्। केही छुटेका ठाउँ र छुटेका महिलाहरुको लागि निरन्तर शिविर संचालन गर्दै आई रहेको छ।

भोलि हुने शिविरमा छुटेका महिलाहरु सबैले जांच गराउन पाउने छन्। कार्यक्रम बिहान ९ बजे बाट मकालबारीमा सञ्चालन हुने छ।

सम्पर्क : 9851031485 विपना खड्का (सचिव शान्ति मार्ग महिला समुह)

फेसबुक प्रतिक्रियाहरु