सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मंसिर ७ को माहोलले काँग्रेस अतिनु र मतिनु हुँदैन – गगन थापा
Breaking News

मंसिर ७ को माहोलले काँग्रेस अतिनु र मतिनु हुँदैन – गगन थापा

जुनेली न्युज, काठमाडौँ |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाहिरको माहौल देखेर कांग्रेसका नेता तथा कार्यकर्ताहरू आत्तिने र बरालिने नभई सम्हालिनुपर्ने बताएका छन्।

पार्टीको नवलपुर क्षेत्र नम्बर २ को सम्मेलन बुधबार उद्घाटन गर्दै महामन्त्री थापाले अब कांग्रेसलाई बदल्ने र बलियो बनाउने बताए।

‘बाहिरको माहौल जे छ, त्यो माहौल देखेर नेपाली कांग्रेसका साथीहरू आत्तिने होइन। बरालिने पनि होइन। हामी सम्हालिनुपर्नेछ,’ महामन्त्री थापाले भने, ‘बदलिएको र बलियो कांग्रेसले बरालिएको अहिलेको अवस्थालाई सम्हाल्ने हो। हामी बलियो बनौं, नबरालिँऔं, समाजभित्रका तमाम कुरा हेरौं, यसबाट सिकौं। सँगसँगै देशलाई सम्हालेर अघि बढौं।’

बिग्रेका कुराहरूलाई सम्हालेर लैजानुपर्ने उनले बताए।

 

स्रोत सेतो पाटी

फेसबुक प्रतिक्रियाहरु