शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • साझा नेपाली समाज बेलायतको माया स्नेहले मन्त्रमुग्ध बने राजेश हमाल
Breaking News

साझा नेपाली समाज बेलायतको माया स्नेहले मन्त्रमुग्ध बने राजेश हमाल

जुनेली न्यूज, लण्डन।

मिडलैन्डको मार्केट हारव्रोमा साझा नेपाली समाज बेलायतले आयोजना गरेको डिनर सहित महानायक साँझ हिजो १० सेम्टेम्वर आईतवार भव्यरूपमा सम्पन्न भएको छ। मिडल्याण्डको मार्केट हार्रव्रोमा पहिलो पटक भएको नेपालीहरूको यस्तो कार्यक्रममा महानायकलाई सुन्न उक्त क्षेत्रमा बस्ने नेपालीहरूको सहभागिता थियो ।

बेलायत भ्रमणमा रहेका महानायक राजेश हमालको उपस्थितिमा गरिएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिपक सापकोटाले गरेका थिए।

महानायक राजेश हमाल र समाजका अध्यक्ष दिपक सापकोटाले उदघाटन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक शिब खराल र अतिथिहरुलाई खादा श्रेयषी आचार्य र श्रेर्या खरेलले ओढाई सम्मान दिएका थिए भने नेपाली गित माईतीघरमा श्रेर्या खरेलको नाँचले दर्सकहरु मन्त्रमुग्ध भएका थिए।।

आफ्नो मन्तब्यमा महानायकले मिडलैन्डवासी नेपालीहरु लगायत साझा नेपाली समाजलाई धन्यबाद दिदै यो कार्यक्रमले आफ्नो बेलायत भ्रमण सफल भएको आफुले महशुस गरेको र नेपालीहरुको एकता र आपसी सहयोग बलियो बनाउने काममा आफुले काम गरिरहेको बताएका थिए।

कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा,समाजका संस्थापक अध्यक्ष शंकर भन्डारी, समाजसेवी एवं सफल ब्यवसायी कमल भन्डारी, गैरआवासीय नेपाली संघ बेलायतका महासचिव गोबिन्द खरेल, इग्लैन्ड राज्य समन्वय परिषदका अध्यक्ष एवं साझा नेपाली समाजका उपाध्यक्ष शम्भु अर्यालले लगायतले महानायकको मिडलैन्ड भ्रमण ऐतिहासिक रहेको र यो कार्यक्रमले मिडलैन्डवासी नेपालीहरुको एकता अझै बलियो बन्ने बताएका थिए।

साझा नेपाली समाजका महासचिव शशांक शर्माले संचालन गरेको कार्यक्रम उपस्थित पाहुनाहरुको चाहना अनुसार नै महानायक राजेश हमालका अनुभव सुन्ने र उनले नेपाली फिल्मी क्षेत्रमा गरेको योगदान कदर सम्मान गर्ने गरी अत्यन्त फरक तरिकाले संचालन गरिएको थियो ।

कार्यक्रममा मिडलैन्डका सामाजिक अभियन्ताहरु शेखर कडेल, हरि भट्टराई , केसरी क्षेत्री, लाल क्षेत्री, कृष्ण कंडेल, नारायण आचार्य, लक्ष्मी खराल, शरद शाही, प्रकास केसी, मेजर बुद्धि बहादुर भन्डारी, केशर शेरचन लगायतको उपस्थिति रहेको थियो।

युवा ब्यवसायी, कार्यक्रमका संयोजक एवं सचिव शुरेष केसीको प्रयास र अनुरोधमा मार्केट हारव्रो फुटबल क्लबले कार्यक्रमको लागी निशुल्क हल उपलब्ध गराएको थियो भने मिठो खाना मार्केट हारव्रो मा रहेको नेपाली रेष्टुरेन्ट अबतार डाइनिंगका सेफहरुको टिमले समाजको लागी न्युनतम मुल्यमा उपलब्ध गराएका थिए ।फोटो ग्राफीको काम आशिष पन्तले गरेका थिए।हल डेकोरेसन उपाअध्यक्ष राम प्रसाद पन्थी,कोषाअध्यक्ष उपेन पौडेल,सहकोषाअध्यक्ष उपेन्द्र सापकोटा,कार्यसमिति सदस्य

नेपालबाट आएका कलाकार राजेश बर्देवा,बशिब हमाल र पुर्णकला विसीले दर्शकहरुलाई छमछमी नचाएका थिए।

फेसबुक प्रतिक्रियाहरु