शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • कागेश्वरी मेयर उपेन्द्र कार्कीले स्वास्थ्य सेवामा नयाँ आयाम ल्याउँदै
कगेश्वारी बिशेष

कागेश्वरी मेयर उपेन्द्र कार्कीले स्वास्थ्य सेवामा नयाँ आयाम ल्याउँदै

जुनेली न्यूज, काठमाडौं।

सेवालाई थप प्रभावकारी बनाउन कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले मुलपानी नगर अस्पताललाई निर्देशन दिएका छन।

मुलपानी नगर अस्पताल निरिक्षण तथा अनुगमनको क्रममा संचालनमा आएको नँया आकस्मिक सेवा , नव निर्मित ल्याब लगायत को सेवा बिस्तार सम्बन्धी जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन मेयर कार्कीले निर्देशन दिएका हुन् ।

आज मात्र नगर अस्पतालमा आकस्मिक सेवा पाउने संख्या साझ ६ बजे सम्म लगबग ३२ जाना हुनु भएको अवगत गराउँदै अब छिट्टै बिशेसज्ञ सेवा अन्न्तरगत हाड्जोर्नि , प्रशुति , मुटु रोग लगायत अपरेशन थ्रीयटर सहित को सेवा सुरु गर्ने गरी अगाडि बढिसकेको पनी जानकारी दिएका हुन् ।

यस अस्पतालमा भएका औषधी ब्यवस्थापन लगायत थुप्रै समस्याको समाधान गर्दै अगाडि बढिरहेको र सुधार्नु पर्ने पक्षलाई पनी मध्यनजर गरी नगर अस्पताललाई थप प्रभावकारी बनाउन आवश्यक कुराहरु गर्ने सम्पुर्ण नगरवासिहरुमा प्रत्तिबद्धता व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु