मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • पार्टीलाई अतुलनीय योगदान गरेका कांग्रेस नेता ठकुरी सम्मानित
Breaking News

पार्टीलाई अतुलनीय योगदान गरेका कांग्रेस नेता ठकुरी सम्मानित

नेली न्यूज, काठमाडौं।

नेपाली काङ्ग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा भित्ते पात्रो बिमोचन समारोहमा युवा नेेता पुरुषोतम ठकुरी सम्मानित भएका छन्। कार्यक्रममा सभापतिको रुपमा सम्पर्क समिति सभापति तेजप्रसाद घिमिरे, प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री माननीय गगन कुमार थापा, विशिष्ट अतिथि कांग्रेस बागमती प्रदेश सभापति माननीय ईन्द्र बहादुर बानियाँ रहेका सो कार्यक्रममा नेता ठकुरीले पार्टीलाई अतुलनीय योगदान दिएको भन्दै विशेष समारोहका बीच विशिष्ट सम्मान गरिएको हो ।

ठकुरी २०६९ कार्तिक १६ गते देखि २०७३ असोज १४ गते सम्म नेपाली कांग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिका संस्थापक सचिको जिम्मेवारी सम्हालेका थिए। २०७३ असोज १५ देखि २०७९ फागुन ६ गते सम्म सम्पर्क समितिको सभापतिको जिम्मेवारी हाँकेका थिए।

सम्पर्क समितिको स्थापना कालदेखि नै पार्टीलाई चलायमान र संघठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, साथै संगठको गरिमालाई उच्च राख्दै जिल्ला, प्रदेश र केन्द्र सम्म अभिलेख रहने गरी आफ्नो नेतृत्व अवधिभर सफलतापूर्वक कार्य सम्पन्न गरेको, समितिको तेश्रो अधिवेशन समेत भव्यरुपमा सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेको कार्यलाई उच्च मूल्यांकन गरी सम्मान गरिएको हो।

समितिले ठकुरीलाई सुख, शान्ति, सुस्वास्थ्य र थप प्रगतिको समेत कामना गरेको छ।

 

 

फेसबुक प्रतिक्रियाहरु