बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मेयर उपेन्द्र कार्की फोहोर सफा गर्न आफै मैदानमा उत्रिय
कगेश्वारी बिशेष

मेयर उपेन्द्र कार्की फोहोर सफा गर्न आफै मैदानमा उत्रिय

जुनेली न्युज, काठमाडौँ

– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित उपमेयर शान्ता थापा, वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, सामाजिक संघ-संस्था, रेडक्रस, नगरपालिकाको स्वास्थ्य शाखा, कर्मचारी, नगर प्रहरी, स्काउट, स्थानीय बासिन्दालगायत करिब ५ सयले फोहोर संकलन गरि व्यवस्थापन गरेका हुन् ।

मंगलबारबाट हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप खेल खेलाउन तयार हुँदै गरेको क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता जनाउन नगरपालिकाले शनिबार सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

मैदानमा बिहान ७:३० बजेदेखि नै झाडु, बेल्चा र थुन्से लिएर स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । मैदानमा भएको कार्यक्रमलाई सम्बोधन गरेर मेयर कार्की फोहोर टिप्न लागेका थिए । उनलाई उपस्थित सबैले साथ दिएका थिए । मैदानका चारैतिर फालिएका प्लाष्टिकका बोतल, सिसा, थोत्रा कपडा, बिस्कुटका खोल, चाउचाउको खोललगायतका फोहोर संकलन गरि व्यवस्थापन गरिएको हो ।

सरसफाई कार्यक्रममा मेयर कार्की, उपमेयर थापा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कार्कीले एसिसी प्रिमियर कप राष्ट्रिय गौरवको बिषय भएको र पछिल्लो समय क्रिकेट खेलमा नेपालले अधिक सफलता हासिल गरेको भन्दै खेलाडीहरुलाई धन्यवाद दिएका थिए । एसिसी प्रिमियर कप सम्पन्न गर्न नगरपालिका र संघको साझा दाहित्व पनि भएको उनको भनाइ थियो । सम्बोधनमा उनले भने, ‘एसिसी प्रिमियर कपले मुलपानी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरकै मैदानको रुपमा परिचित गर्ने भएकाले यो नगरपालिकाकै प्रतिष्ठाको बिषय हो । अन्तर्राष्ट्रिय प्रतियोगिता मुलपानी मैदान गरिने कुरा अग्रज र आफुहरुको सपना पुरा गर्ने विन्दु हो । यस्ता अन्तर्राष्ट्रिय खेलकुद गतिविधिले नगरपालिकालाई खेलकूद नगरीको रुपमा विकास गर्न सहयोग पुग्नेछ ।’

फेसबुक प्रतिक्रियाहरु