मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • ग्यास बिक्रेता महासंघद्वारा ग्यास संचालन सम्बन्धि जनचेतनामुलक कार्यक्रमको संचालन
गोकर्नेश्वोर बिशेष

ग्यास बिक्रेता महासंघद्वारा ग्यास संचालन सम्बन्धि जनचेतनामुलक कार्यक्रमको संचालन

ग्यास अाफैमा पड्किदैन ग्यास सँग सम्बन्धित रेगुलेटर, पाइप र चुल्हो कारणले पनि ग्यास दुर्घटना भइरहेको

जुनेली न्युज, काठमाडौँ
गोकर्णेश्वर नगरपालिका वडा नं ८  स्थित छहारी क्लवको सभाहलमा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ |
No description available.
ग्यास बिक्रेता महासंघ नेपाल पुतलीसडक , ग्यास बिक्रेतासंघ नेपाल( काठमाडौं ), आरूबारी डाँडागाउँ टोल सुधार समिति तथा स्पोर्ट्स स्पेसल क्लवको संयुक्त आयोजनामा  गोकर्णेश्वर नगरपालिका नगर प्रमुख  दिपक कुमार रिसाल ज्यूको प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ ।।।
No description available.
उक्त कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष श्री चन्द्र बहादुर थापाले “स्थानीय निकायसँग ग्यास बिक्रेता, चेतनायुक्त उपभोक्ता तथा तालिम प्राप्त बिक्रेता” अभियान गोकर्णेश्वर नगरपालिकाबाट उद्घाटन गरि देशै भरि यो अभियान शुभारम्भ भएको पत्र नगर प्रमुख दिपक कुमार रिसाल ज्यूलाई हस्तान्तरण गरि घोषणा गर्नु भएको थियो ।।। कार्यक्रम बोल्दै नगर प्रमुख रिसालले अब देखि ग्यास बिक्रेता महासंघ समन्वय गरि सबै वडाका वडासदस्यहरू मार्फत महिला समूह, क्लव, स्कुल, कलेज तथा सामाजिक संघसंस्थाहरूको ग्यास प्रयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने कुरा मन्तव्य क्रममा जानकारी गराउनुभयो ।।। कार्यक्रममा ग्यास लिक भइ अागलागी भए वा ग्यास प्रयोगमा अपनाउनु पर्ने सावधानी विषयमा प्रयोगात्मक शिक्षा पनि दिईएको थियो ।।।
No description available.
ग्यास अाफैमा पड्किदैन ग्यास सँग सम्बन्धित रेगुलेटर, पाइप र चुल्हो कारणले पनि ग्यास दुर्घटना भइरहेको र उपभोक्ता जनचेतनामूलक कार्यक्रम ग्यास बिक्रेता महासंघ नेपाल र नेपाल अायल निगम सँग सहकार्य गरेर देशैभरि लिएर जाने जानकारी जानकारी गराउनु भयो ।।।
No description available.

फेसबुक प्रतिक्रियाहरु