मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • प्रथम अन्तराष्ट्रिय धावक ‘मीन बहादुर विष्ट’ को सम्झानामा अन्तरपालिका म्याराथुन हुने
गोकर्नेश्वोर बिशेष

प्रथम अन्तराष्ट्रिय धावक ‘मीन बहादुर विष्ट’ को सम्झानामा अन्तरपालिका म्याराथुन हुने

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकामा जन्मिनु भएका  नेपालका प्रथम अन्तराष्ट्रिय म्याराथुन धावक मीनबहादुर विष्टको सम्झनामा काठमाण्डौं उपत्यकास्तरीय अन्तरपालिका  म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । मीनबहादुर विष्ट स्मृती प्रतिष्ठानको आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर २४ फागुनमा काठमाण्डौंमा आयोजना हुने भएको हो ।

दौड प्रतियोगितामा एउटा काठमाण्डौं उपत्यकाका पालिकाहरुबाट पालिकाले सिफारिस गरेर पठाएका २ महिला र २ पुरुष धावक सहभागी गराइने अच्युत बिष्टको भनाइ छ । प्रथम, द्वितीय र तृतीय हुने धावकहरुलाई नगद पुरस्कार क्रमस: ५० हजार, २५ हजार रा १० हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकको भनाइ छ ।

वि.सं. २०६१ सालमा खेल, खेलाडी, अनुशासन र राष्ट्रियता भन्ने मुल नाराका साथ स्थापित प्रतिष्ठानले हालसम्म विभिन्न ईभेन्टमा दौड प्रतियोगिता संचालन गरिसकेको छ । कार्यक्रमको विशेष अवसर पारेर देशका उत्कृष्ठ भेट्रान्स खेलाडी तथा अन्य समाजका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गर्दै आएको छ ।

सन् १९५१ मा नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलामा दौड तर्फको ४०० र ६०० माईल ईभेन्ट नेपालका तर्फबाट मीन वहादुर विष्टले नेपालकै प्रथम अन्तराष्ट्रिय म्याराथुन धावकको रुपमा चिनिएका थिए । नेपालमा खेलको विकास गर्न, पिछडिएका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेलजगतको विकासको माध्यमबाट नेपाल राष्ट्रलाई चिनाउने उद्देश्यले यो प्रतिष्ठानको स्थापना गरिएको संस्थाका अध्यक्ष अशोक विष्टले बताए ।

फेसबुक प्रतिक्रियाहरु