बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राष्ट्रपति भण्डारीप्रति राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको कडा टिप्पणी
Breaking News

राष्ट्रपति भण्डारीप्रति राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको कडा टिप्पणी

१८ फागुन, काठमाडौं।

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिबारे कडा टिप्पणी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाइन् ।

राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनको भनाइ छ ।

राष्ट्रपति पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै अर्यालले भनिन्, ‘नयाँ हिसाबले सोचेर भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि । मैले यहाँ डिक्टेट गर्न मिल्छ त ? मिल्दैन नि ।’

‘उहाँ सधैं एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो । कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !’

उनले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरिन् । आफूमाथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने भन्दै उनले भनिन्, ‘मेरो मर्यादामा रहेर आफ्नो भूमिका बढाउन सक्छु ।’

फेसबुक प्रतिक्रियाहरु