शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कागेश्वरीमा पहिलो पटक ७ हजारको उपस्थितिमा विज्ञान प्रदर्शनी
कगेश्वारी बिशेष

कागेश्वरीमा पहिलो पटक ७ हजारको उपस्थितिमा विज्ञान प्रदर्शनी

कागेश्वरी मनोहरा नगरपालिकामा आज विज्ञान प्रदर्शनी भएको छ ।नगरप्रमुख उपेन्द्र कार्की, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधीहरु, र विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थीहरूको उपस्थितिमा नगरपालिका भित्रको ३५ वटा विद्यालय संलग्न भएर आदर्श माविको प्राङ्गणमा आफ्नो प्रतिस्प्रधात्मक विज्ञान प्रदर्शन गरेका हुन् ।

नगरको उद्देश्य अनुसार शिक्षाक्षेत्रमा देशकै नमूना नगर बनाउने उद्देश्यले अन्य शिक्षा प्रणाली सँगै बिज्ञान क्षेत्रमा पनि अवल बनाउन यो कार्यक्रम भएको हो।

यस्तै कागेश्वरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले बिद्यार्थी र बिद्यालयलाई प्रदर्शनीको लागि विशेष धन्यवाद दिँदै थप हौसला प्रदान गर्दै यो शिक्षा प्रणालीलाई विशेष प्राथमिकतामा राख्दै यो भन्दा अझ उच्च स्तरको शिक्षा प्रणाली बनाउने बताएका छन् ।

सो कार्यक्रममा ११ वटा सामुदायिक विद्यालय २४ ओटा संस्थागत विद्यालय गरी जम्मा ३४ ओटा विद्यालयहरुको सहभागी रहेको थियो।

हेल्थ डेस्क , गेम कर्नर , स्काइ अब्जर्भेसन ,रेडक्रस स्टल , म्याथम्याटिक्स स्टल , ईंग्लिश स्टल , फेस पेन्टिङ, सेल्फी प्वाइन्ट आदि गरी विज्ञान प्रदर्शनमा जम्मा ६० ओटा स्टल रहेको कार्यक्रममा  विधार्थी, अन्य अतिथि, पत्रकार, लगायत करिब ७ हजार भन्दा बढीले अवलोकन गरेका थिए।

 

१५० भन्दा बढी प्रकारका परियोजना (प्रोजेक्ट ) प्रस्तुत  भएको मध्य पुरस्कृत बिद्यालयहरु :

सामुदायिक तर्फ

1 प्रथम : गान्धी आदर्श मा बि

2 द्वितीय : नेपाल राष्ट्रिय निर्माण मा बि

3 तृतिय : कान्तिभैरव मा बि

4 सान्त्वना : आदर्श मा बि

संस्थागत तर्फ

1 प्रथम : श्रमशिल बिद्यापिठ

2 द्वितीय : बिद्याआर्जन स्कुल

3 तृतीय : माउन्ट एभरेस्ट स्कुल

4 सान्त्वना : द सेलिब्रेसन कोएड स्कुल

फेसबुक प्रतिक्रियाहरु