शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कगेश्वारी मनोहरा नगरपालिकामा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड हुने
कगेश्वारी बिशेष

कगेश्वारी मनोहरा नगरपालिकामा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड हुने

जुनेली न्युज  काठमाडौँ

फाल्गुन ४ । कागेश्वरी मनोहरा नगरपालिकामा फाल्गुन ५ गते देखि फाल्गुन ८ गती सम्म  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  नगरपालिका भित्र  रहेका  संस्थागत र सामुदायिक गरि कुल ३२ वटा बिधालयहरुलाइ  सहभागिता गराएर प्रतियोगिता गरिने छ |

May be an image of 11 people, people sitting, people standing and text

कुल ७ वटा खेलका बिभिन्न विधामा बिद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक एबम वडा नं ७ का वडा अध्यक्ष भीमसेन थापाले जानकारी गराए। उनले नगरस्तरीय प्रतियोगिता   छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हुदै  प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउने जानकारी गराए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र प्रत्येक खेलको लागि संयोजक समेत तोकिएको जानकारी गराए ।

May be an image of text that says 'जुनेली Wews 1 नेपालको अनलाईन पत्रिका "स्वच्छ सफ़ा हराभरा, बनाओं कागेश्वरी मनोहरा" कागेश्वरी मनोहरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय डादी, काठमाडौं वागमती प्रदेश, नेपाल राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता संचालन पत्रकार सम्मेलन मिति:२०७९/११/०४ गते बिहीबार नगरपालिका सभाहल www.junelinews.com/9823278330/ facebook: Juneli News//@copyright'

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले प्रत्येक खेलाडीहरुको बिमा समेत नगरपालिकाले  गरिदिने जानकारी दिदै नगरपालिकालाई खेलकुद हबको रुपमा विकास गर्न लागिपरेको जानकारी गराए  ।

May be an image of 1 person and text

 

फेसबुक प्रतिक्रियाहरु