शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अमेरिकाको सरकारी विद्यालयमा डा. विष्णुमाया परियार बारेको पाठ समावेश
शिक्षा

अमेरिकाको सरकारी विद्यालयमा डा. विष्णुमाया परियार बारेको पाठ समावेश

जुनेली न्यून – अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ ।

यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा.परियारबारेको पाठ समावेश गरिएको त्यहाँका पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ ।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा उपलब्ध रहेको र आउँदाे वर्षदेखि राज्यका धेरै विद्यालयमा लागू हुने डा. परियारले जानकारी दिनुभयो । पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु