सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अनेरास्ववियु आर आर क्यम्पस अध्यक्षमा लोकेश खड्का नियुक्त
Breaking News

अनेरास्ववियु आर आर क्यम्पस अध्यक्षमा लोकेश खड्का नियुक्त

जुनेली न्युज, काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) को अध्यक्षमा लोकेश खड्का नियुक्त भएका छन् ।
अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी सह-इन्चार्ज किङ्मा शेर्पाको अध्यक्षतामा आज बसेको बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गरिएको छ।

विद्यार्थीहरुमाझ लोकप्रिय रहेका खड्काले यसअघि उपाध्यक्ष पदमा रँहदा उनको नेतृत्वमा दर्जन भन्दा बढी कार्यक्रमहरु गरिसकेका छन् । खड्काको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्यवृद्री विरुद्ध विरोध प्रदर्शन ,राँके जुलुस, टायल बालेर प्रदर्शन गरिसकेका छन् । त्यस्तै नेपालको सिमाना लिपुलेक,कालापानीमा भारत सरकारले हेपेर गरिएको सडक विस्तारबारेमा पनि विरोध प्रदर्शन गरि सरकारको ध्यानाकर्षण गरेका थिए । यस्तै खड्काकै नेतृत्वमा सरकारले मिति तोक्नुभन्दा अघि तत्काल स्थानिय तहको निर्वाचन मिति घोषणा गर्न पनि माग गर्दै प्रदर्शन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु