शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ प्रवक्तामा कृष्ण दास सुनुवार
रामेछाप बिशेष

नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ प्रवक्तामा कृष्ण दास सुनुवार

जुनेली न्युज, रामेछाप। नेपाली कांग्रेस रामेछाप जिल्ला प्रदेश क प्रवक्तामा कृष्ण दास सुनुवार नियुक्ति भएका छन्। कांग्रेसको १४ औं महाधिवेशनबाट निरोज खड्का सभापतिमा विजय पश्चात सुनुवारलाई कार्यसमितिको प्रवक्तामा नियुक्ति गरिएको हो।

रामेछापको खिम्तीमा कार्यालय स्थापना गर्दै नेपाली काङ्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्यसमिती बैठकको अवसर पारेर नियुक्ति गरिएको हो।

सोही दिन चेत खड्का कोषाध्यक्ष र टासी लामालाई कार्यसमिति सदस्यमा समेत नियुक्ति गरिएको थियो।

कृष्ण दास सुनुवारको राजनीति यात्रा :

२०६३ साल: नेबिसङ्घ श्री त्रीपुरेश्वर मा बि को इकाइ सदस्य भइ राजनितिक यात्रा प्रारम्भ।

२०६४ साल: पहिलो सम्बिधान सभाको निर्वाचन प्रचारप्रसार का क्रममा तत्कालीन नेकपा माओवादी को आक्रमण परेको

२०६६ साल बाट काठमाडौ को चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पस नेबिसङ्घ इकाइ मा सम्लग्न भै २०७६ साल १० बर्ष निरन्तर कार्य गरेको।

यसै क्रममा इकाइ को सदस्य हुदै सहसचिब सम्म भइ कार्य गरेको।

२०७२ साल: नेपाल विद्यार्थी सङ्घ रामेछाप काठमाडौ सम्पर्क समिति को बरिस्ठ उपाध्यक्ष चयन ।

२०७३ साल : नेपाल विद्यार्थी संघ को ११ औ महादिबेशन मा केन्द्रिय महादिबेशन प्रतिनिधि चयन ( रामेछाप बाट)

२०७४ साल मा सम्पन्न प्रदेश र संघ को निर्बाचन प्रचारप्रसार का क्रममा तत्कालिन नेकपा गठबन्धन को आक्रमण मा परि सक्त घाइते।

२०७५ साल : नेबिसङ्घ जिल्ला कार्यसमिति सदस्य मनोनित( रामेछाप )

२०७८ साल: प्रदेश महादिबेशन प्रतिनिधि( नेपाली काङ्ग्रेस ) निर्बाचित।

२०७८ साल : नेपाली काङ्ग्रेस रामेछाप प्रदेश” क ” को प्रबक्ता नियुक्त।

फेसबुक प्रतिक्रियाहरु