बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • टेकाई इन्डस्ट्रियल कोप्रेटिभ ली. द्वारा बाल आश्रमलाई खाद्यान्न सहयोग
आर्थिक

टेकाई इन्डस्ट्रियल कोप्रेटिभ ली. द्वारा बाल आश्रमलाई खाद्यान्न सहयोग

जुनेली न्युज, काठमाडौँ । टेकाई इन्डस्ट्रियल कोप्रेटिभ लिमिटेड (Tekai Industrial Co. Limited)  ले हाम्रो सुनौलो संसार बाल आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ , गागलफेदीमा रहेको बाल आश्रमलाई ३० जनवरीमा एक कार्यक्रम गरी बालबालिकाहरुको लागि खाद्यान्न प्रदान गरेको हो।

खाद्यान्नमा २ महिनालाई पुग्ने चामल, दाल, तेल, चिउरा, नून, मरमसला,अण्डा, सावन लगायतकका समागीहरु आश्रमको अध्यक्ष मेनुका कोइरालाको हातमा हस्तान्तरण गरेका हुन्।

नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी धिरण विक्रम मोक्तान को पहलमा र संयोजकत्वमा सो खाद्यान्न उपलब्ध भएको हो । कार्यक्रममा टेकाइ कम्पनीका ३ जना जापानिज पाहुना र जापान NRNA का अध्यक्ष सहितको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु