बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • उपरखुट्टी हालेर बस्नु कतिको बेफाइदा हेर्नुहोस् ।
शिक्षा

उपरखुट्टी हालेर बस्नु कतिको बेफाइदा हेर्नुहोस् ।

जुनेली न्युज।

के रहेछ त अर्थ ? 

उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिसन सही होइन ।

यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबाब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ । यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ ।

मांसपेशीलाई असर

उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ ।

अस्थायी पक्षघात

जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जोखिम देखिन्छ ।

रक्तचाप बढ्छ

जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

गर्दन र कम्मरको समस्या

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ ।

फेसबुक प्रतिक्रियाहरु