शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस महाभारत गाउपालिका अधिवेशन स्थगित ।
Uncategorized

नेपाली कांग्रेस महाभारत गाउपालिका अधिवेशन स्थगित ।

  • असोज ११, काभ्रे। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि सभा क्षेत्र न ०१ को प्रदेश सभा १(क) महाभारत गाउपालिकाको वडा तहको चुनावमा धाधली र विवाध भएको कारण पालिका अधिवेशन स्थगित भएको छ।
    निर्वाचन अधिकृत केशर बा. योन्जनको नेतृत्वमा असोज ०५ गते वडा न.०३ को अधिवेशन सम्पन्न भएको थियो। उक्त अधिवेशनमा प्रकाश मान थिङ्ग र विशाल स्याङ्गतान इकाइ सभापतिको दावेदार थिए भने सभापतिको चयन चुनावद्वारा भएको थियो। उक्त निर्वाचनमा सभापती दावेदार प्रकाश मान थिङ्ग पक्षले निर्वाचन एकलौटी बनाएको, कृयाशील सदस्यलाइ मतदान दिन रोक गरेको, धम्काउनुका साथै हातपात समेत भएको स्रोतले बताएको छ। त्यसैगरी वडा तहका क्षेत्रीय प्रतिनिधिहरुलाइ दवाब र रवाफमा नै सर्वसम्मत गरि आफ्ना पक्षका उम्मेद्वार चयन थिङ्गले गरेका थिए । सर्वसम्मत पदाधिकारीहरुलाइ प्रमाण पत्र समेत वितरण गरिएको थियो।
    त्यसैगरी क्षेत्रीय प्रतिनिधि भएर प्रमाण पत्रसहित पालिका सभापती चयनको लागि मतदान दिने क्रममा आफ्नो नाम समेत क्षेत्रीय प्रतिनिधिबाट हटाइएको पाइएकोले विवाधले चरम रुप लिएको हो।

पहिले सर्वसम्मत भएर पछि नाम काटिएकोमा धन बा. मोक्तान र हस्त बा. मोक्तान थिए। हस्त बा. मोक्तानको स्थानमा बुद्ध लामाको नाम आएको भने धन बा. मोक्तानको नाममा एक महिला प्रतिनिधि आएको देखियो।
यस्तो किसिमको लापरवाहिको कारण नवनिर्वाचित इकाइ सभापती र निर्वाचन आयोगले खटाएको निर्वाचन अधिकृत विचको मिलोमतोले गर्दा हो भन्ने स्रोतबाट थाह हुन गयो। निर्वाचनपश्चात निर्वाचन अधिकृत केशर बा.योन्जन धुलिखेल निर्वाचन आयोगमा गई किर्ते कागजपत्र बुझाएको स्रोतबाट जानकारी प्राप्त भयो।

वडा न. ०३ मा नै एकै परिवारका बुवा खुल्ला तर्फबाट क्षेत्रीय प्रतिनिधि आउने र छोरा भने पिछडिएका वर्गको रुपमा लिएर आउने कार्यले आफुलाइ जिताउन सबै किसिमका हत्कण्डा सभापती थिङ्गले अपनाएको देखिएको छ।
त्यसैगरी महाभारत गाउपालिका वडा न.०५ मा समेत कान्छालाल थिङ्ग र मान बा. मोक्तानको नाम क्षेत्रीय प्रतिनिधिबाट हटाइएको पाइएको छ। गलत तरिकाले पारिवारिक व्यक्तिलाइ मात्र प्रतिनिधि ल्याएको कारण ०५ न. वडामा पनि उक्त व्यवस्था गर्नपर्ने भनी आकान्क्षीहरुले दवाब दिदै आएका छन।
यस्तो प्रकारको जालसाझी गर्ने निर्वाचन अधिकृत र मिलोमत्तो गर्ने इकाइ सभापतिलाइ कारवाही हुनपर्ने कुरा आयोग र पार्टीले मध्यनजर गर्नपर्ने देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु