बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ’- विष्णु पौडेल
Breaking News

‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ’- विष्णु पौडेल

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमालेका नेता विष्णु पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको बताएका छन् ।
बुधबार रुपन्देहीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले जनताको मनमा घर बनाएकाले चुनाव जित्न सरकारमै हुनुपर्छ भन्ने मान्यता एमालेले नराखेको बताएका हुन् ।चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन । हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छौ र चुनाव जित्छौ ।’

साथै उनले  माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिएका छन् ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’
‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्ड माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ पौडेलले भने । एमालेको ताकत चुनावमा देखाउने र फेरि पनि पहिलो पार्टी बन्ने उनले दावी गरे ।

फेसबुक प्रतिक्रियाहरु